काठमाडौँ ।
सामाजिक अभियन्ता तथा व्यवसायी कृष्ण लामिछाने मृत अवस्थामा भेटिएका छन् । स्थानीय समय अनुसार, मङ्गलवार साँझ टेक्सासस्थित आफ्नै निवासस्थान कोपेल टाउनमा उनी मृत भेटिएका हुन्।
लामिछानेले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । श्रीमती र दुई छोरीसहित अमेरिका बस्दै आएका ५४ वर्षीय लामिछाने गोरखाको नाम्जुंगका स्थायी बासिन्दा हुन् ।
गैर आवासीय नेपाली सङ्घ, अमेरिका (एनआरएनए) का पूर्व सदस्य तथा एनआरएनएको सन् २०२१ मा सम्पन्न निर्वाचनमा अध्यक्ष पदका प्रत्याशी लामिछाने नेपाली जनसम्पर्क समिति अमेरिकाको संस्थापक सदस्य तथा नेपलिज सोसाइटी अफ टेक्ससका पूर्व अध्यक्ष हुन् ।

प्रतिक्रिया