मुम्बई ।
भारतीय गायक सोनु निगमको घरवाट ७२ लाख चोरी भएको छ । निगमको घरवाट भएको सो चोरीका मामिलामा उनका पुर्व ड्राइभर अगम कुमारलाई गिरफ्तार गरिएको छ ।
गायककी बहिनि निकिताले मुम्बई प्रहरीमा उजुरी दिए पछि यो मामिला बाहिर आएको हो । अगमकुमार गायक निगमका आठ महिनासम्म ड्राइभर थिए, राम्रो काम नगरेको भनेर उनलाई केही समय अगाडी निकालिएको थियो ।
निगमको डिजिटल लकरवाट अघिल्लो दिन ४० लाख हराएको थियो भने दोस्रो दिन ३२ लाख हराएको थियो । निगमको घरवाट ठुुलो रकमको पैसा हराए पछि सिसिटिभी फुटेज हेरिएको थियो, जहाँ अगमकुमारले दुवै पटक ठुलो झोला लिएर बाहिर निस्किएको देखिएको थियो ।
पक्राउ परेका उनले डुप्लिकेट चाबी प्रयोग गरेर उक्त रकम चोरी गरेको प्रहरी समक्ष स्विकार गरेको बिबिसी हिन्दीले जनाएको छ ।
प्रतिक्रिया