सत्तारुढ गठबन्धनको बैठक बस्दै

सत्तारुढ गठबन्धनको बैठक बस्दै


काठमाडौँ ।

सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । वालुवाटारस्थित प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्ने बैठकमा सरकारलाई पूर्णता दिने विषयमा छलफल हुँदैछ ।

प्रधानमन्त्री प्रचण्डले सदनमा विश्वासको मत लिइसकेकाले अब सरकारलाई पूर्णता दिने तयारीका साथ बैठक आब्हान गरेका हुन ।