मेलबर्न अष्ट्रेलिया ।
अष्ट्रेलियाको दक्षिण ब्रिस्बेनमा नेपाली मुलकी महिलाले चार शिशुलाई जन्म दिएकी छन् । ४४ वर्षीया अरुणा सिंहले चम्ल्याहा सन्तानलाई जन्म दिएकी हुन् । ब्रिस्बेनको मेटर मदर्स अस्पतालमा ४ जना सन्तानलाई जन्म दिएकी अरुणा र बच्चाहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
निर्धारित मिति भन्दा ११ हप्ता अगाडि जन्मिएका ३ छोरा र एक छोरीलाई अहिले अस्पतालले विशेष निगरानीमा राखेर हेरचाह गरिरहेको छ ।
अस्ट्रेलियामा चम्ल्याह सन्तान जन्माउनुलाई दुर्लभ मानिन्छ ।
प्रतिक्रिया