सुर्खेतमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना : ३ जनाको मृत्यु, एक घाइते

सुर्खेतमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना : ३ जनाको मृत्यु, एक घाइते


सुर्खेत ।

दैलेखको तालपोखरीमा मालबाहक मिनि ट्रक दुर्घटना ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । नेपालगञ्जबाट दैलेखतर्फ आउँदै गरेको मनकामना ग्यास सिलिन्डर बोकेको भे १ क २२०१ नम्बरको ट्रक आज विहान पौने ९ बजे दैलेखको गुराँस गाउँपालिका ३ ताल पोखरीमा दुर्घटना भएको दैलेख प्रहरीले जनाएको छ ।

दुर्घटनमा मृत्यु हुनेमा ३० वर्षीय चालक कृष्ण चौधरी, कामदारहरु २५ वर्षीय लक्षिराम चौचरी र २२ वर्षको विष्णु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखमा डीएसपी किशोर लम्सालले बताए ।

सहचालक प्रकाश कुमाई भने सकुशल रहेको प्रहरीले जनाएको छ। माथिल्लो मोडबाट तल्लो मोडमा खसेको ट्रकका कारण बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ ।