मेलबर्न अष्ट्रेलिया ।
मिडिया टाइकुन रुपर्ट मर्डोकले ९२ वर्षको उमेरमा विवाह गर्ने भएका छन्। मर्डोकले आफ्नो पार्टनर एन लेस्ली स्मिथसँग आफ्नो इन्गेजमेन्टको घोषणा गरेका हुन् ।
लेस्ली स्मिथले प्रहरी अधिकारीहरूका लागि काउन्सिलिङको काम गर्थिन् । ९२ वर्षीय मर्डोकले गत वर्ष सेप्टेम्बरमा क्यालिफोर्नियामा भएको एक कार्यक्रममा ६६ वर्षीय स्मिथलाई भेटेका थिए । दुवैले यसै गर्मीमा विवाह गर्नेछन् ।
मर्डोकले आफ्नो एक प्रकाशन, न्युयोर्क पोस्टलाई भने, ‘मलाई प्रेममा पर्न डर लाग्थ्यो तर मलाई थाहा थियो कि यो मेरो अन्तिम प्रेम हुनेछ । यो उत्कृष्ट हुनेछ । म खुसी छु ।’ मर्डोक गत वर्ष आफ्नी चौथी श्रीमती जेरी हलसँग अलग भएका थिए ।
स्मिथका श्रीमानको मृत्यु भइसकेको छ। उनी पेसाले गायक र रेडियो–टिभीका कार्यकारी थिए । अष्ट्रेलियामा जन्मिएका मर्डोकको यो पाँचौं विवाह हुनेछ। द अष्ट्रेलियन, द टाइम्स इन द युके, र संयुक्त राज्य अमेरिकामा फक्स न्युज जस्ता मिडियाहरूका मालिक मर्डोकका तीन विवाहबाट ६ सन्तान छन् ।
प्रतिक्रिया