आतसबाजी सहित सक्कियो एडिलेडमा नेपाल फेस्टिभल

आतसबाजी सहित सक्कियो एडिलेडमा नेपाल फेस्टिभल


एडिलेड अष्ट्रेलिया ।

एनआरएनए साउथ अष्ट्रेलियाको आयोजनामा नेपाल फेस्टिभल २०२३ भव्य रूपमा सम्पन्न भएको छ । पर्यटन तथा बहुसांस्कृतिक मन्त्री जोबेटीशन र अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले पानसमा बत्ती बालेर उद्घाटन गरिएको फेस्टिभलमा पन्ध्र हजार भन्दा बढिले अवलोकन गरेको अनुमान गरिएको छ । 

उद्घाटन समारोहमा माथिल्लो सदन लेजेस्लेटिभ काउन्सिलको विपक्षी दलको उप नेता जिङ ली, संसद सदस्यहरू, विभिन्न नगरका मेयरहरूको समेत उपस्थिति रहेको थियो । भने एनआरएनए अन्तर्राष्ट्रिय समिति उपाध्यक्ष अष्ट्रेलिया अध्यक्ष नन्द गुरुङ लगायत एनआरएनएका अगुवाहरूको उपस्थित रहेको थियो ।

नेपाल फेस्टिभलको इतिहासमा नै आतासबाजी गरिएको थियो । स्थानीय एल्डर पार्कमा आयोजित महोत्सवको प्रारम्भमा बिहान प्रभात फेरि आयोजना गरिएको थियो । महोत्सवमा ४० भन्दा बढी स्टलहरू रहेका थिए । जसमा नेपाली खानका स्टलहरूमा खानाका पारखीहरूको ठुलै भिड लागेको थियो । भने नेपालको विविधता झल्कने ढंगले निर्माण गरिएको नेपाल हाउसमा दर्शकहरूको बाक्लो उपस्थिति रहेको थियो । 

कार्यक्रममा नेपालबाट आएका कलाकारहरू प्रकाश सपुत, प्रति आले, एस कुमार, टिका प्रसाई, देबेन्द्र बब्लु सहित एडिलेडका स्थानीय कलाकारहरूले समेत प्रस्तुति दिएका थिए ।

केबिसि खबर संग कुरा गर्दै एनएनआरएनए अष्ट्रेलिया उपाध्यक्ष साउथ अष्ट्रेलिया संयोजकले कार्यक्रम मार्फत प्रवासमा नेपाललाई चिनाउने जमर्को गरिएको बताउँदै सहभागी, अतिथि, सहयोगी, स्वयंसेवक सबैमा हार्दिक धन्यवाद व्यक्त गरेकी छिन् ।