काठमाडौँ ।
राष्ट्रपति रामचन्द्र पौडेल सामान्य सवारीमा (कारगेट नलिई) काठमाडौंको वसन्तपुरस्थित कुमारी घरमा पुगेका छन् । राष्ट्रपति पौडेलले शनिबार अपरान्ह पहिलो पटक कुमारी घरमा दर्शन गर्न जाने क्रममा सडक खाली गराएर मात्रै सवारी हुने परम्परा तोडेका हुन् ।
कारगेट बिनानै उहाँले सामान्य सवारीमा त्यहाँ पुगेर कुमारीको दर्शन गरेका हुन् । त्यसक्रममा सर्वसाधारणको सवारीलाई सुरक्षाकर्मीले रोक्ने काम गरेका थिएनन्। राष्ट्रपतिको कारगेटसहितको सुरक्षाका कारण सडकमा सर्वसाधारणले सास्ती व्यहोर्नु परिरहेका बेला नवनिर्वाचित राष्ट्रपति पौडेलले कारगेटबिना नै सवार भए ।
राष्ट्रपतिमा निर्वाचित भएपछि पशुपतिनाथको दर्शन गर्न जाँदा सडक जाम भएपछि उनको आलोचना भएको थियो । पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया