काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच समसामयिक विषयमा छलफल भएको छ।
नयाँबानेश्वरस्थित संघीय संसद भवनमा उनीहरुबीच प्रधानमन्त्रीले लिने विश्वासको मत, मन्त्रिपरिषद् विस्तारलागयत समसामयिक विषयमा छलफल भएको छ।
उपराष्ट्रपति निर्वाचनमा मतदान गरिसकेपछि उनीहरुबीच छलफल भएको हो। आउँदो सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरेका प्रधानमन्त्री प्रचण्डले सहयात्री दलका शीर्षनेतासँग छलफल गरेका हुन्।
प्रतिक्रिया