नेपाललाई युएईले दियो ३११ रनको चुनौती

नेपाललाई युएईले दियो ३११ रनको चुनौती


काठमाडौँ ।

आईसीसी लिग–२ मा यूएईले नेपाललाई ३११ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा यूएईले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा ३१० रन बनाएको हो।

यूएईको लागि अविजित रहेका आसिफले ४२ बलमा १०१ रनको योगदान गरे। उनले ४१ बलमा ४ चौका र ११ छक्का प्रहार गर्दै शतक पूरा गरे। वृत्य अरविन्दले ९४ रनको र कप्तान मुहम्मद वसिमले ६३ रन बनाए।

नेपालको लागि दीपेन्द्र सिंह ऐरीले २ तथा सोमपाल कामी, ललित राजवंशी र सन्दीप लामिछनेले १–१ विकेट लिए