कामठाडौँ ।
विश्वकप लिग २ अन्तरगत यूएईविरुद्धको म्याचमा नेपाललाई चौथो सफलता मिलेको छ । दीपेन्द्र सिंह ऐरीको बलमा ठूलो शट खेल्ने चक्करमा यूएईका आयन खान लङ अनतर्फ बाउन्ड्रिमा क्याचआउट भए ।
यसअघि यूएईका ब्याट्सम्याच चुँडान्गापोइल रिजवान रनआउट भएका छन्। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा युएईविरुद्ध बलिङ गरिरहेको नेपाललाई दिपेन्द्रकै बलमा तेस्रो सफलता मिलेको थियो।
यसअघि यूएईका कप्तान मोहम्मद वासिमलाई आउट गराएर सन्दीप लामिछानेले नेपाललाई महत्वपूर्ण विकेट दिलाएका थिए । मोहम्मद ४९ बलमा ६३ रन बनाएर सन्दीपको हातबाट एलबिडब्ल्यू आउट भएका थिए ।
नेपाललाई पहिलो सफलता ललित राजवंशीले दिलाएका थिए । उनले युएईका ओपनर आर्यन लाक्रालाई ६ रनमा बोल्ड आउट गरे । अहिलेको ताजा स्थितीमा युएईले २५ ओभरमा ४ विकेट गुमाएर १२७ रन बनाएको छ ।
प्रतिक्रिया