काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले आतङ्ककारी क्रियाकलाप गरिरहेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा आयोजित मानव अधिकारसम्बन्धी कार्यक्रममा बोल्दै पूर्वप्रधनामन्त्रीसमेत रहेका अध्यक्ष अोलीले सत्तामा रहेको पार्टीले आतङ्ककारी क्रियाकलाप गरिरहेको आरोप लगाएका हुन् ।
मानव अधिकार हननको विषय उठाउँदा माओवादीले खिया लागेको हतियारको धम्की दिने गरेको बताएका छन् । नेपालको राजनीतिको एउटा पक्ष यस्तो छ, जसले मानव अधिकार आयोगलाई घेराबन्दी गर्छन् । तर्साउँछन् । हाम्रा खुकुरीमा खिया लागेका छैनन् । हाम्रा बन्दुकमा खिया लागेको छैन । हाम्रो बन्दुकको कार्तुस ओसिएको छैन, चल्छ अहिले पनि भन्छन् । हाम्रा हात पाखुरा लाठी चलाउन सक्ने छन् भन्छन् । खुट्टा याद राख्नु भन्छन्,’ उनले भने ।
‘बन्दुक खिएको छैन भनेको के ? सत्तामा हुने अर्कोतिर आतङ्ककारी क्रियाकलाप पनि गर्ने ? यस स्थितिलाई फेर्न हामीसँग मानव अधिकारको पक्षमा काम गर्ने मानव अधिकार आयोग छ। यस देशमा मानव अधिकारको पक्षमा चाहे पनि नचाहे पनि उसको कुरा मिल्छ,’ उनले भने ।
प्रतिक्रिया