कामठाडौँ ।
अभिनेत्री वर्षा सिवाकोटीको वैवाहिक सम्बन्ध टुंगिएको छ । सिवाकोटी र अमेरिकामा बसोबास गर्दै आएका युवक आशिष गेलालबीचको वैवाहिक सम्बन्ध कानुनी रुपमा टुंगिएको हो।
यस वर्षको बैशाख ९ गते काठमाडौंको नागार्जुन रानीवनस्थित रेसु भिल्लामा वर्षा र आशिषको धुमधामसँग बिहे भएको थियो। विवाहपछि पोखरामा हनिमुन मनाएर आशिष चार विवाहाको दिनपछि अमेरिका प्रस्थान गरे। त्यसको एक महिनामा श्रीमान् भेट्न वर्षा पनि अमेरिका उडिन् । तर, डेढ महिना अमेरिका बसेर फर्केपछि उनले श्रीमानसँगका सबै तस्विरहरु सामाजिक सञ्जालबाट हटाइन् । र सामाजिक सञ्जालमा दुवैले एकअर्कालाई अनफलो गरे ।
यसबीच वर्षा र आशिषको सबन्ध विग्रिएको चर्चा चलेको थियो । तर यसबारे वर्षाले केही खुलाएकी थिइनन् । अभिनेत्री सिवाकोटी र आशिष दुई महिनाअघि कानुनी रुपमै अलग भएको बताइएको छ ।
आशिषले सोमबार झापाकी समीक्षा विमलीसँग दोस्रो विवाह गरेका छन् । आशिषले विवाहको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।
प्रतिक्रिया