काठमाडौँ ।
नेकपा एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा बसेको एमाले सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
सो निर्णयसँगै शाक्यसहित एमालेका प्रतिनिधिमण्डल वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अवस्थित उपराष्ट्रपतिको निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्न जाँदैछन्।
प्रतिक्रिया