सत्ता साझेदार आठ दलको बैठक बस्दै, उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउने

सत्ता साझेदार आठ दलको बैठक बस्दै, उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउने


काठमाडौँ ।

सत्ता साझेदार आठ दलका शीर्ष नेताहरुको बैठक आज प्रधानमन्त्री निवास बालुवाटरमा बस्दैछ । बैठक आज बिहान साढे ८ बजे बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बैठकले उपराष्ट्रपति उम्मेदवार चयनबारे निर्णय गर्नेछ । आगामी चैत्र ३ मा हुने उपराष्ट्रपतिको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले दाबी गरिरहेका छन् ।

शुक्रबार निर्वाचन आयोगले उपराष्ट्रपति पदको निर्वाचनका लागि राष्ट्रपतिको भन्दा फरक लिङ्ग वा समूदायको उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्देशन दिएपछि आठ दलिय सत्ता साझेदार गठबन्धनलाई उम्मेदवार टुंग्याउन थप सकस परेको छ ।