काठमाडौँ ।
राष्ट्रपति निर्वाचनमा मतदान गरि फर्किने क्रममा लडेर नेकपा एकीकृत समाजवादीका एक सांसद घाइते भएका छन्। बिहीबार राष्ट्रपति निर्वाचनका लागि मतदान गरि फर्किने क्रममा सप्तरी ४ (१) बाट निर्वाचित मधेश प्रदेसका सांसद गोविन्दबहादुर न्यौपाने घाइते भएका हुन्।
सिँढीबाट ओर्लने क्रममा चक्कर लागेर उनी लडेका थिए। उनको टाउकोमा सामान्य चोट लागेको छ। उनलाई संसद् भवन नयाँ बानेश्वर नजिकै रहेको सिभिल अस्पतालमा उपचारका लागि लगिएको छ ।
प्रतिक्रिया