आइसिसी विश्वकप लिग-२ : पपुवान्युगिनी टस जितेर बलिङमा

आइसिसी विश्वकप लिग-२ : पपुवान्युगिनी टस जितेर बलिङमा


काठमाडौँ ।

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई पपुवा न्युगिनी टस जितेर बलिङमा गएको छ । टियु क्रिकेट मैदानमा भएको टसमा पपुवा न्युगिनीका कप्तान असद भालाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । खेल सुरु भएको छ ।

यसअघि फागुन १९ मा भएको खेलमा पपुवा गिन्हीलाई नेपालले हराएको थियो । पपुवा गिन्हीले दिएको सय ८० रनको टार्गेट पछयाउँदै नेपालले नेपालले ४८ ओभरमा ७ विकेटले जीत हासिल गरेको थियो ।

नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंकका साथ पाँचौं स्थानमा छ । नेपालले अव दुई खेल जिते ३६ अंक हुनेछ । दुई जित शीर्ष पाँचमा पर्दै सोझै ओडिआई मान्यता जोगाउन पर्याप्त हुनेछ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आज पुनस् हुने खेलका लागि नेपाली खेलाडीको सुची सार्बजनिक गरिसकेको छ । सातौँ स्थानमा रहेको पीएनजीको ३२ खेलबाट ९ अंक छ।