राष्ट्रपति निर्वाचनमा सहभागी नहुने राप्रपाको निर्णय

राष्ट्रपति निर्वाचनमा सहभागी नहुने राप्रपाको निर्णय


काठमाडौँ ।

राष्ट्रपति निर्वाचनमा सहभागी नहुने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निर्णय गरेको छ । आज बुधबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिको निर्वाचनमा कसैलाई भोट नहाल्ने निर्णय गरेको हो ।

भोलि हुने राष्ट्रपति चुनावमा भाग नलिएर तटस्थ बस्ने निर्णय गरेको बैठकपछि राप्रपाका नेता ज्ञानेन्द्र शाहीले जानकारी दिए । आफूहरूको सिद्धान्त राजसंस्था भएकाले राष्ट्रपतिको निर्वाचनमा भाग नलिने निर्णय गरिएको उनले बताए । भोलि राष्ट्रपतिका लागि मतदान हुँदैछ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिका लागि चुनावी प्रतिस्पर्धामा छन् ।