शरद भेषवाकरविरुद्ध अंशबन्डाको मुद्दा हालेकी निशाले भनिन्, ‘छोरा, श्रीमान् र म ठीक छौँ’

शरद भेषवाकरविरुद्ध अंशबन्डाको मुद्दा हालेकी निशाले भनिन्, ‘छोरा, श्रीमान् र म ठीक छौँ’


कामठाडौँ ।

श्रीमान् क्रिकेटर शरद भेषवाकरविरुद्ध अंशबन्डाको मुद्दा हालेकी अभिनेत्री निशा अधिकारीले छोरा, श्रीमान् र आफु ठिक भएको बताएकी छन् । श्रीमानविरुद्ध अंशबन्डाको मुद्दा हालेको खबर बाहिरिएका बेला उनले समाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै यस्तो बताएकी हुन् ।

उनले लेखेकी छन्, ‘म न त लुकाउन सक्छु, न त धेरै व्याख्या गर्न जान्दछु। यो हाम्रो व्यक्तिगत मामिला हो र हामी अत्यन्त परिपक्व र करुणाका साथ सबैभन्दा राम्रो तरिकाले काम गरिरहेका छौँ।’ उनले स्टाटसको अन्त्यमा आफू, शरद र छोरा राम्रो भएको उल्लेख गरेकी छन्।

आफू शरदसँगको सम्बन्धलाई लुकाउने र ज्यादा व्याख्या गर्ने दुवै मनस्थितिमा नरहेको बताएकी छिन् । उनले यो आफूहरूको व्यक्तिगत कुरा भएकाले त्यसलाई त्यसरी नै सम्हाल्ने पक्षमा रहेको बताएकी छिन् ।

फागुन २१ गते काठमाडौँ जिल्ला अदालतले अभिनेत्री निशा अधिकारीले पति क्रिकेटर शरद भेषवाकरविरुद्ध दिएको अंशबन्डाको मुद्दामा सम्पत्ति फाँटबारी माग गर्न आदेश दिएको थियो ।

न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले आइतबार सम्पत्ति फाँटबारी माग (आफ्नो सम्पत्ति के कति छ अदालतलाई देखाउन) आदेश दिएको हो । अभिनेत्री अधिकारीले उक्त मुद्दामा नाबालक छोरालाई पनि अंशमा भाग लगाउनुपर्ने माग गरेकी छन् ।

अभिनेत्री अधिकारीले गत भदौ २८ गते नै अंशचलनको मुद्दा दायर गरेकी थिईन् । अभिनेत्री अधिकारीले उनिहरूबीच २०७४ सालमा क्रिकेटर शरद भेषावकरसँग प्रेम विवाह गरेकी थिइन् । उनीहरुबाट एक छोरा जन्मेका छन् । उनले अंश मुद्दामा नाबालक छोरालाई समेत अंश माग गरेकी छन्।

यो पनि…