काठमाडौँ ।
बार्सिलोनाले स्पेनिस ला लिगामा महत्वपूर्ण जित हात पारेको छ । घरेलु मैदानमा १० खेलाडीमा समेटिएको बार्सिलोनाले भ्यालेन्सियामाथि १–० को जित निकालेको हो ।
स्पोटिफाई नोउक्याम्पमा आइतबार राति भएको खेलको १५ औं मिनेटमा कप्तान सर्जियो बुस्क्वेट्सको पासमा गोेल गर्न सफल भएका थिए । ५५औं मिनेटमा फेरान टोरेस पेनाल्टीमा चुक्दा बार्सिलोना अग्रता दोब्बर पार्नबाट चुक्यो ।
५९औं मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटिन पुग्यो । ह्युगो डुरोमाथि अनावश्यक फउल गरेपछि रेफ्रीले रोनाल्ड एराउजोलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए ।
यस जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाको २४ खेलबाट ६२ अंक पुगेको छ । पराजित भ्यालेन्सिया २३ अंक जोडेर १९औं स्थानमा छ ।
प्रतिक्रिया