कामठाडौँ ।
सुदूरपश्चिम मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् ।
माओवादी सुदूरपश्चिम संसदीय दलले पत्र लेखेपछि प्रचण्डले आठ दलीय गठबन्धन जोगाउन विश्वासको मत दिन निर्देशन गरेका हुन् । प्रचण्डको निर्देशनपछि अहिले माओवादी दलको बैठकले निर्णय गर्ने बताइएको छ ।
मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै छन् । शाहलाई विश्वासको मत दिन गठबन्धनमा रहेका कांग्रेस, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी तयार रहेपनि माओवादी केन्द्रले विश्वासको मत दिन आनाकानी गरेका थिए ।
५३ सदस्यीय सुदुरपश्चिममा कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपा र स्वतन्त्र १–१ रहेका छन् ।

प्रतिक्रिया