सत्ता साझेदार दलको बैठक बस्दै

सत्ता साझेदार दलको बैठक बस्दै


कामठाडौँ ।

नेकपा माओवादी केन्द्र नेतृत्वको सत्ता साझेदार ८ दलका बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा अपरान्ह ४ बजे सो बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

फागुन २५ गते हुन गईरहेको राष्ट्रपति निर्वाचन र मन्त्रीमण्डल विस्तार लगायतका बिषयमा छलफल हुने बुझिएको छ।