बुद्धिजीबीलाई ओलीले भने : ‘एमाले बिरूद्ध प्रहार भईरहेको छ, भ्रम चिर्न लाग्नुहोस्’

बुद्धिजीबीलाई ओलीले भने : ‘एमाले बिरूद्ध प्रहार भईरहेको छ, भ्रम चिर्न लाग्नुहोस्’


काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि प्रहार भइरहेको बताएका छन्।

शनिबार भक्तपुरमा आयोजित नेपाल बुद्धिजीवी परिषद्को तेस्रो बैठकलाई सम्बोधन गर्दै ओलीले जनतालाई भ्रममा पार्ने र अल्मल्याउने र पहार गर्ने काम भइरहेको भन्दै बुद्धिजीवी समाजले भ्रमजालबाट मुक्त बनाउनुपर्ने पनि बताएका छन।

ओलीले एमालेजस्तो पार्टी निर्वाचनमा हार्छ भनेर केही बुद्धिजीबीहरुले भनेको उल्लेख गदै निवार्चन परिणामले गतल साबित गरेको उनको भनाई छ । ‘‘जनतालाई दिग्भ्रमित पार्न विरोधीहरु लागि परेका छन्। उनीहरुलाई भ्रमबाट मुक्त पार्ने काम बुद्धिजीवीको हो। जनतालाई तर्साउने, धम्याउने कामहरु भइरहेका छन्, सचेतना जगाउनुस्।’

ओलीले रेलको डिब्बा र इन्जीनसँग तुलना गर्दै बुद्धिजीवी इन्जीन भएको बताए।