राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई भोट दिने एकीकृत समाजवादीको निर्णय

राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई भोट दिने एकीकृत समाजवादीको निर्णय


कामठाडौँ ।

नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ । नयाँ समिकरण एकीकृत समाजवादीसहित ८ दलले उठाएका साझा उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेललाई मतदान गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

पार्टीको मुख्यालयमा आज बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको उनले बाए । नयाँ राष्ट्रपति चयनका लागि यही फागुन २५ गते राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ मा सकिँदैछ ।

यस्तै, उपराष्ट्रपति नन्दकिशोर पुनको कार्यकाल आगामी चैत ५ गते सकिँदैछ । उपराष्ट्रपतिको निर्वाचन भने चैत ३ मा हुने निर्वाचन तालिका रहेको छ ।