प्रदेश १ नामकरण: एमालेले प्रस्ताव गरेको ‘कोशी’ नामबाट कांग्रेसको समर्थन फिर्ता

प्रदेश १ नामकरण: एमालेले प्रस्ताव गरेको ‘कोशी’ नामबाट कांग्रेसको समर्थन फिर्ता


कामठाडौँ ।

यसअघि प्रदेश १ को नाम ‘कोशी’ राख्नु पर्ने भन्दै समर्थन जनाएका नेपाली कांग्रेसले आफनो समर्थन फिर्ता लिएको छ । यसअघि एमालेका प्रदेशसभा सदस्य राम रानामगर प्रस्तावक र कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेर प्रस्ताव संसद सचिवालयमा दर्ता गराएको प्रस्ताववाट कांग्रेसले समर्थन फिर्ता लिएको हो ।

सत्ता साझेदार माओवादी केन्द्रले एमालेको प्रस्तावमा जान नहुने भन्दै असहमति जनाएपछि कांग्रेसले सोही नाम गरेर अर्को प्रस्ताव दर्ता गराउनका लागि समर्थन फिर्ता लिएको बुझिएको छ । विस्तृत विवरण आउन बाँकी छ । बैठक जारी छ ।