काठमाडौँ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले नेपाली सेनाको डिजिटल अभिलेखमा निकै कमजोरी फेला परेकी जनाएकी छिन ।
मंगलबार ललितपुरमा नेपाल विद्यार्थी संघद्वारा आयोजित अल नेपाल ह्याकाथन कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री देउवाको पत्नी राणाले नेपाली सेना र बहालवाला जर्नेलहरूको व्यक्तिगत डाटासमेत टर्कीमा देखा परेको जनाएकी हुन ।
‘मलाई त अचम्म लाग्यो, विश्वास नै गरेकी थिइन तर हाम्रो आर्मीको सबै डेटा टर्कीमा देखाइदियो, जर्साबहरूको सबै इमेलहरू पनि टर्कीमा देखियो, जर्नेल साहेबहरूको पर्सनल इमेल पनि त्यहाँ देखिएको थियो,’ उनले दाबी गर्दै भनिन, ‘भोलि हाम्रो सुरक्षासम्बन्धी गोप्य राख्नु पर्ने कुनै पनि इमेल अर्को देशबाट सहजै हेर्न सकिँदो रहेछ, त्यसैले हामीले साइबर सेक्युरिटीलाई पनि कसरी मजबुत बनाउने भन्नेमा तत्कालै गम्भीर हुन जारी छ ।’
उनका अनुसार सरकारको बेभसाइट पनि भर्खरै हयाक भएको जनाउँदै केन्द्रिय सदस्य राणाले साइबर सुरक्षाका लागि सरकारले गम्भीर भएर लाग्नु पर्नेमा जोड गरेकी छिन् ।
नेपाली सेनाको डाटामा टर्कीमा उपलब्ध हुनु गम्भीर रहेको उल्लेख गर्दै तत्कालै त्यसको समाधान गर्नु पर्ने उनको भनाई छ । सरकारले यसबारेमा गम्भीर लिएन भने सरकारी गोप्य सूचनाहरू अन्य देशका नागरिकले सहजै प्राप्त गरिरहने खतरातर्फ सतर्क रहन उनले पनि जोड गरिन ।
प्रतिक्रिया