आइसिसी विश्वकप लिग–२ : पपुवा न्युगिनीलाई हराउँदै नेपालको जीत

आइसिसी विश्वकप लिग–२ : पपुवा न्युगिनीलाई हराउँदै नेपालको जीत


काठमाडौँ । 

नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीलाई पराजित गरेको छ । पपुवा न्युगिनीलाई चार विकेटले हराउँदै लगातार नेपालले पाँचौँ जित निकालेको हो ।

यसअघि घरेलु मैदानमा नेपालले स्कटल्यान्ड र नामिबियालाई चारै खेलमा हराएको थियो ।

नेपालले आफ्नो ओडिआई इतिहासमा पहिलो पटक लगातार पाँच खेल जितेको छ । जितको लागि २ सय ४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४५.२ ओभरमा ६ विकेट गुमाउँदै जीत हासिल गरेको हो । नेपालले अव बिहीबार युएईसँग खेल्नेछ ।