काठमाडौँ ।
नाबालिग बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई विदेश गएर क्रिकेट खेल्न सर्वोच्चले अनुमति दिएको छ। आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले उच्च अदालत पाटनले लगाएको प्रतिबन्ध हटाउँदै लामिछानेलाई यूएई जान अनुमति दिएको हो ।
सर्वोच्चले लामिछाने १५ दिनभित्र स्वदेश फर्किएर अदालतमा हाजिर हुनुपर्ने शर्त राखिएको छ।
यसअघि उच्च अदालत पाटनले लामिछाने विदेश जान नपाउने आदेश गरेको थियो । उक्त प्रतिबन्ध हटाउन माग गर्दै लामिछानेले सर्वोच्चमा निवेदन दायर गरेका थियो ।
नाबालिग बलात्कार अभियोग लागेका सन्दीपलाई उच्च अदालत पाटनले विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा जेलमुक्त गरेको थियो। उनीविरूद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ ।
प्रतिक्रिया