सन्दीप लामिछानेका मुद्दाको सुनुवाई सकियो, आजै आदेश आउने

सन्दीप लामिछानेका मुद्दाको सुनुवाई सकियो, आजै आदेश आउने


काठमाडौँ ।

नाबालिगमाथी बलात्कार अभियोग लागेका नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ सकिएको छ । सुनुवाई सकिएसँगै आजै आदेश आउने सम्भावना रहेको छ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा आज वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, अधिवक्ताहरु सरोजकृष्ण घिमिरे र रोशनी पौडेल घिमिरेले बहस गरेका थिए।

लामिछानेको तर्फबाट सर्वोच्च अदालतमा आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न यूएई जान पाउनु पर्ने मागको निवेदन परेको थियो । त्यस्तै सरकारी वकीलको लामिछानेलाई थुनामै राख्नु पर्ने माग गर्दै निवेदन दायर भएको थियो।