कामठाडौँ । नेकपा एमालेले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले सरकार छाड्ने र प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो ।
राष्ट्रपति निर्वाचनका सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले पूर्वसहमति कार्यान्वयन नगरेको भन्दै ‘सरकारलाई दिएको समर्थन फिर्ता लिने पनि निर्णय भएको उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेलले जानकारी दिए ।
प्रधानमन्त्रीले सरकारबाट हटाउने, बर्खास्त गर्ने वा बिनाविभागीय मन्त्री बनाउने थाहा पाएपछि यस्तो निर्णयमा पार्टी पुगेको उनले बताए ।
प्रतिक्रिया