काठमाडौँ । अभिनेता पल शाह रिहा भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर उनी आज रिहा भएका हुन् ।
जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखराले आइतबार सफाइ दिए पछि कलाकार शाह आज छुटेका छन् । जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि पलले गरेको पुनरावेदनमा उच्च अदालत पोखरालेले अभियोग दाबी नपुग्ने ठहर गरेको थियो । उच्च अदालत पोखरामा न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले उनी निरुद्धको अभियोगमा दाबी नपुग्ने ठहर गरेको हो । उनलाई नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो । त्यसको विरुद्ध उनी उच्च अदालत गएका थिए ।
यसअघि उनले तनहुँ जिल्ला अदालतबाट सफाइ पाई सकेका छन् । आरोपी बालिकाले शाहमाथी झुटा मुद्दा भएको भन्दै अदालतमा बकपत्र गरेकी थिइन् ।
एक गायिकाले शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन्। तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडित १७ वर्षीया नाबालिगले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थिइन्।
प्रतिक्रिया