अष्ट्रेलियाले उचाल्यो महिला विश्वकपको उपाधि

अष्ट्रेलियाले उचाल्यो महिला विश्वकपको उपाधि


काठमाडौँ ।

अष्ट्रेलियाले आठौं संस्करणको महिला टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि छैटौँ पटक जितेको छ। केपटाउनमा आइतबार भएको फाइनल खेलमा अष्ट्रेलियाले आयोजक दक्षिण अफ्रिकालाई १९ रनले पराजित गरेको हो।

अष्ट्रेलियाले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन मात्र बनायो। दक्षिण अफ्रिकाका लागि लोरा वालभाल्टले ४८ बलमा ६१ रन बनाउँदा ५ चौका र ३ छक्का प्रहार गरिन्। चलोइ ट्रायोनले २५ तथा मरिजानी कप्पाले ११ रन बनाइन्।

अष्ट्रेलियाका लागि जीस जोनासेन,ड्रासिक ब्राउन,मिगान स्कुट र एशले गार्डनिरले समान १–१ विकेट लिइन्। त्यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो।

अष्ट्रेलियाका लागि बेथ मुन्नीले ५३ बलमा ९ चौका र १ छक्काको सहयोगमा ७४ रन बनाइन्। एशले गार्डनिर २९ रनमा आउट हुँदा अस्लेसा हिल्लीले १८ रन बनाइन्। दक्षिण अफ्रिकाका लागि मरिजानी कप्पा र शबनिम स्मालीले समान २–२ विकेट लिइन्।