पल शाह आज जेलमुक्त हुँदै (आदेश पत्रसहित)

पल शाह आज जेलमुक्त हुँदै (आदेश पत्रसहित)


कामठाडौँ ।

एक वर्ष देखी तनहुँ कारागारमा रहेका कलाकार पल शाहले आज छुट्दै छन् । जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखराले आइतबार सफाइ दिए पछि कलाकार शाह आज छुट्न लागेका हुन । 

जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि पलले गरेको पुनरावेदनमा उच्च अदालत पोखरालेले अभियोग दाबी नपुग्ने ठहर गरेको थियो । उच्च अदालत पोखरामा न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले उनी निरुद्धको अभियोगमा दाबी नपुग्ने ठहर गरेको हो । उनलाई नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो । त्यसको विरुद्ध उनी उच्च अदालत गएका थिए ।

यसअघि उनले तनहुँ जिल्ला अदालतबाट सफाइ पाई सकेका छन् । नाबालिगमाथी बलात्कार गरेको आरोपमा उनी गत वर्ष पक्राउ परेका थिए । आरोपी बालिकाले शाहमाथी झुटा मुद्दा भएको भन्दै अदालतमा बकपत्र गरेकी छिन । 

उच्च अदालतको आदेशसँगै शाह आज स्वास्थ्य परीक्षण गरी तनहुँ जिल्ला अदालतबाट छुट्ने तनहुँ कारागार प्रशासनले जनाएको छ ।