पल शाहको मुद्वाको सुनवाई सकियो, सफाईको आशामा पल शाह

पल शाहको मुद्वाको सुनवाई सकियो, सफाईको आशामा पल शाह


कामठाडौँ ।

कलाकार पल शाहले जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखरामा सफाइ माग गर्दै दिएको रिट निवेदनको सुनुवाइ सकिएको छ । उच्च अदातल पोखरामा न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजालासमा भएको बहसको सुनवाई सकिएको हो ।

अदालतका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले आजै आदेश आउने सक्ने जानकारी दिए । अदालत परिसरमा सञ्चारकर्मीको भीड लागेको छ । कलाकार पल शाह सफाईको आदेश आउने प्रतिक्षामा रहेका छन् । उनलाई तनह्ँ जिल्ला अदालतले यसअघि सफाई दिइसकेको छ ।

उनी यस आदेशवाट सफाई पाए भने डेढ बर्ष पछि कारागार मुक्त हुनेछन, पाएनन भने थप डेढ बर्ष कारागारमा रहनु पर्ने छ ।