काठमाडौँ ।
सरकारका प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले धोका दिएको आरोप लगाएका छन् । आइतबार काठमाडौंमा विभिन्न आन्दोलनका घाइते, बेपत्ता तथा सहिद परिवारको सम्मानमा आयोजित कार्यक्रममा ओलीले देश, जनता र सहयोद्धालाई धोका दिएका प्रधानमन्त्री एवम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपटक आफूलाई पनि धोका दिएर असली चरित्र देखाएको बताए ।
उहाँले जनतालाई धोका दिनुभयो, सहयोद्धालाई धोका दिनुभयो, आफूलाई त्यस ठाउँमा पुर्याउनेलाई धोका दिनुभयो, हुँदाहुँदा मलाई समेत धोका दिनुभयो’ अध्यक्ष ओलीले भने । उनले प्रचण्डले ढाँट्न र छक्काउन अप्ठ्यारो नमान्ने गरेको बताउँदै यो पटक असली चरित्र उदांगो भएको उनको भनाइ थियो ।
‘उहाँ एकथोक भाषा बोल्नुहुन्छ, गर्नेबेला अर्थोकै गर्नुहुन्छ’ ओलीले थप भने, ‘दाहिनेपट्टि निशाना लगाउन बायाँपट्टि हेर्नुहुन्छ ।’ उनले प्रचण्डलाई राम्रोसँग चिनेकाले आफू नझुक्किएको ओलीको दाबी गरे ।
प्रतिक्रिया