सन्दीपविरुद्धको मुद्दाको अन्तिम सुनुवाई आज

सन्दीपविरुद्धको मुद्दाको अन्तिम सुनुवाई आज


काठमाडौँ ।

सर्वोच्च अदालतले राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेको मुद्दाको अन्तिम सुनुवाई आज गर्ने भएको छ। लामिछानेले सिरिज खेल्न विदेश जान पाउनुपर्ने भन्दै सर्वोच्चमा दायर गरेको रिट निवेदनमा आज अन्तिम सुनुवाइ हुने भएको हो।

उच्च अदालत पाटनले धरौटीमा रिहा गर्दा विदेश जान नपाउने गरी दिएको आदेशविरुद्ध लामिछाने सर्वोच्च अदालत गएका थिए ।

शुक्रबार भएको सुनुवाइमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले लामिछानेविरुद्धको मुद्दा विचाराधीन रहेको अवस्थामा निवेदकले माग गरेबमोजिम कुनै आदेश दिन मनासिव नभएको भन्दै आजलाई संयुक्त इजलासमा अन्तिम सुनुवाई गर्न आदेश तोकेको थियो।