नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिन नदिन निगरानी बढाइने, सीसीएमसी बैठक भोलि बस्दै

नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिन नदिन निगरानी बढाइने, सीसीएमसी बैठक भोलि बस्दै


काठमाडौं, ११ मंसिर । दक्षिण अफ्रिकामा भेटिएको कोभिड–१९ को नयाँ प्रजाति ‘ओमिक्रोन’ संक्रमण नेपालमा भित्रिन नदिन सरकारले उच्च सतकर्ता अपनाउने तयारी गरेको छ । सम्भावित जोखिम रोकथाम तथा नियन्त्रणका लागि दक्षिण अफ्रिका लगायत ‘ओमिक्रोन’ भाइरस फैलिएका विभिन्न मुलुकबाट आउने यात्रुको स्वास्थ्य परीक्षण निगरानी बढाइने भएको छ ।
दक्षिण अफ्रिकामा निकै खतरनाक भाइरस फेला परेपछि सरकारले सचेतना बढाउन लागेको हो । सोही विषयमा थप छलफल तथा निर्णय गर्न आइतबार कोभिड–१९ नियन्त्रण व्यवस्थापन केन्द्र (सिसिएम)को बैठक बस्ने भएको छ । बैठकमा स्वास्थ्य विज्ञहरुको राय लिइने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो भाइरस संक्रमण फैलिएको पुष्टि भएका मुलुकबाट आउनेहरुका लागि एकसातासम्म अनिवार्य क्वारेण्टाइन बस्नु पर्ने व्यवस्था लागू गर्ने विषयमा छलफल गरेको छ ।