शीर्षस्थानको आर्सनललाई एफएले गर्याे कारबाही, ६५ हजार पाउन्ड जरिवाना

शीर्षस्थानको आर्सनललाई एफएले गर्याे कारबाही, ६५ हजार पाउन्ड जरिवाना


काठमाडौँ ।

फुटबल संघ (एफए) ले इंग्लिस क्लब आर्सनल र म्यानचेस्टर सिटीलाई जरिवाना गरेको छ। गत महिना इमिरेट्स स्टेडियममा प्रिमियर लिग अन्तरगतको खेलमा आफ्ना खेलाडीहरूलाई नियन्त्रण गर्न असफल भएको भन्दै एफएले दुवै क्लबलाई जरिवाना गरेको हो ।

आर्सनललाई ६५ हजार पाउन्ड र सिटीलाई ७५ हजार पाउण्ड जरिवाना गरिएको एफएले जनाएको छ। आर्सनलले एफए कपमा अक्सफोर्ड युनाइटेडविरुद्ध खेलमा पनि अनुशासन कायम नगरेको भन्दै थप २० हजार पाउन्ड जरिवाना तोकिएको छ ।

आर्सनल र सिटीले खेलको दौरान विभिन्न समयमा रेफ्री एन्थोनी टेलरलाई घेरेको अभियोगनमा उक्त जरिवाना तोकिएको हो । सिटीले खेल ३–१ ले आफ्नो पक्षमा पारेको थियो तर सिटीका एर्लिङ ब्राउट हालान्डले पेनाल्टी पाएपछि आर्सनलले विरोध गरेको थियो, यो निर्णय भिएआरले उल्ट्याएको थियो ।

एडरसनको चुनौती र पछि एडी एकेटियाहलाई फाउल गरेपछि आर्सनललाई पहिलो हाफमा पेनाल्टी दिने निर्णयमा पनि सिटी असन्तुष्ट बन्दै रेफ्रीको आलोचना गरेको थियो ।

सो आलोचना पछि टोली माथी छानबिन भएको थियो । आर्सनल २३ खेलबाट ५४ अंक जोडेर शीर्षस्थानमा रहँदा म्यानचेस्टर सिटी २४ खेलबाट ५२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ