काठमाडौँ ।
एमाले सांसद तथा प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटाले अब सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भएको बताएका छन् । उनले एमाले आफ्नै लयमा अघि बढ्नुपर्ने पनि बताएका छन् । माओवादीले एमालेसँगको गठबन्धन तोड्दै कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय गरेपछि उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत यस्तो टिप्पणी गरेका हुन् ।
उनले सत्तागठबन्धन तोडिएसँगै एमाले आफनै लयमा अघि बढ्नुपर्ने बताएका छन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चरित्रप्रति पहिलै सचेत गराएको भन्दै प्रचण्डलाई रङ फेर्ने छेपारोसँग दाँजेका छन् ।
उनले लेखेका छन्, उहिल्यै भन्देको होः छेपारो र प्रचण्डबीच रंग फेर प्रतियोगीता भए पनि छेपारो नै हार्छ।उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद नै हुन्छ।अब सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भयो।एमाले आफ्नै लयमा अघि बढ्नु पर्छ।उत्साह र आशा दुबै थिएन न त एमाले निराश हुनु पर्ने कारण छ।
प्रतिक्रिया