प्रचण्ड र ओलीबीच आज ‘निर्णायक’ वार्ता हुने, गठबन्धन टुट्ला की जोगिएला ?

प्रचण्ड र ओलीबीच आज ‘निर्णायक’ वार्ता हुने, गठबन्धन टुट्ला की जोगिएला ?


कामठाडौँ ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बिच भावी राष्ट्रपतिका लागि लिएर आज निर्णायक बार्ता हुने भएको छ ।

अध्यक्ष प्रचण्डका अनुसार सो छलफल दिउँसो हुने भनिए पनि समय भने प्रचण्डले सार्वजनिक गरेका छन । नेकपा एसका नेता माधवकुमार नेपाललाई भावी राष्ट्रपतिको रुपमा अगाडी सार्न माओवादी, नेकपा एस र जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) बीच भएको सहमतिका बारेमा जानकारी गराउँदै त्यसका लागि ओलीसँग छलफल गर्न लागेका हुन ।

‘सबैसँग छलफल चलिराख्या छ, फाइनल भइसकेको छैन । कुन दलले राष्ट्रपति पाउने भन्ने अहिले भइसकेको छैन’, उनले सञ्चारर्कीसँग बुधवार भने, ‘भोलि (आज) एमाले अध्यक्षसँग पनि मेरो कुराकानी छ ।’ सो अघि बिहान नेपाली कांग्रेससँग बिहान ८ बजे छलफल हुने बुझिएको छ ।

आजको छलफलले सत्ता गठबन्धनको भविष्य निर्धारण गर्ने आकलन गरिएको छ। राष्ट्रपतिमा निर्णायक मानिएको माओवादीले एमालेलाई सहयोग नगर्ने अवस्था आए सत्ता गठबन्धन भत्किने सम्भावना रहेको छ। एमालेका नेताहरूले माओवादीले पुस १० को सहमति कार्यान्वयन नगरे सरकारमा नबस्ने बताउँदै आएका छन्।