कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, राष्ट्रपतिको उम्मेदवार छान्ने

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, राष्ट्रपतिको उम्मेदवार छान्ने


काठमाडौँ ।

नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दैछ। राष्ट्रपति निर्वाचनका विषयमा छलफल गर्न कांग्रेसले कार्यसम्पादन समितिको बैठक आज (बिहीबार) बोलाएको हो ।

बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रपति चुनावको उम्मेदवार छनौटबारे छलफल हुनेछ। राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिनै लाग्दा यतिबेला नयाँ राष्ट्रपतिका लागि राजनीतिक दल र त्यसका शीर्ष नेताहरूको दौडधुप चलिरहेको छ।

यही फागुन २५ गतेका लागि १३ गते उम्मेदवारी दर्ताको मिति तोकिएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपतिको उम्मेदवार चुन्नुपर्ने बताएपछि नेताहरुबीच दौडधुप बढेको हो।

राष्ट्रपतिको निर्वाचनको विषयले सत्ता गठबन्धनमा ‘खटपट’ आउने आंकलन गरिएको छ। यता नेपाली कांग्रेसका नेताहरूले कांग्रेसबाटै राष्ट्रपति बन्ने दावी गर्दै आइरहेका छन्। कांग्रेसमा रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला राष्ट्रपतिको उम्मेदवार बन्ने आंकाक्षीको रूपमा देखिएका छन्।