मेलबर्न, अष्ट्रेलिया ।
विदेशी विद्यार्थीहरूले अष्ट्रेलियामा हप्तामा २४ घण्टा काम गर्न पाउने भएका छन् । हप्ताको २० घण्टा कामको सिलिङ बढाउँदै २४ घण्टा पुर्याएको अष्ट्रेलियाको शिक्षा मन्त्रालयलयले जनाएको छ।
यो नयाँ नियम जुलाई १ बाट लागु हुने छ । विदेशी विद्यार्थीहरूले स्नातक वा स्नातकोत्तर सकेपछि पूर्णरूपमा काम गर्न पाउनेगरी प्राप्त गर्ने भिसाको समयलाई अष्ट्रेलियाले थप गर्ने भएको छ ।
हाल विद्यार्थीहरूले पढाइ सकेपछि २ वर्षका लागि प्राप्त गर्ने भिसाको समयावधि अब बढाउन लागिएको हो । संशोधित नयाँ कानुन अनुसार अब स्नातक सक्ने विद्यार्थीले चार वर्षको पीएसडब्लु भिसा पाउने छन् ।
यस्तै स्नातकोत्तरका विद्यार्थीले ५ वर्ष र विद्यावारिधि तहका विद्यार्थीले ६ वर्ष त्यस्तो भिसा प्राप्त गर्न सक्ने बताइएको छ । नयाँ नियमले अष्ट्रेलियामा रहेका नेपाली र अन्य विदेशी विद्यार्थीलाई आर्थिक राहत मिल्ने विश्वास गरिएको छ।
प्रतिक्रिया