‘जनयुद्ध दिवस’ मनाउने निर्णयविरुद्ध द्वन्द्वपीडित र नागरिक समाजको विरोध

‘जनयुद्ध दिवस’ मनाउने निर्णयविरुद्ध द्वन्द्वपीडित र नागरिक समाजको विरोध


काठमाडौँ ।

सरकारले जनयुद्ध दिवसको अवसरमा सोमबार सार्वजनिक बिदा दिएपछि यसको विरोध भइरहेको छ।

तत्कालीन माओवादीका सुप्रिम कमान्डर पुष्पवकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले १ फागुन सोमबार ‘जनयुद्ध दिवस’को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोही निर्णयअनुसार सोमबार देशभर सार्वजनिक बिदा दिइएको छ।

तर, सो निर्णयको द्वन्द्वपीडित र नागरिक समाजले विरोध जनाएका छन्। सोमबार उनीहरु ब्यानर प्रदर्शनमा उत्रिएका छन्। ‘सार्वजनिनक बिदा खारेज गर, द्वन्द्वपीडितलाई न्याय दे’ लेखिएको ब्यानरसहित उनीहरुले प्रदर्शन गरेका हुन्।

फागुन १ लाई कालो दिनको रुपमा उनीहरुले लिएका छन्।