राष्ट्रियसभा निर्वाचन माघ १२ मा गर्ने मन्त्रिपरिषद्को निर्णय

राष्ट्रियसभा निर्वाचन माघ १२ मा गर्ने मन्त्रिपरिषद्को निर्णय


काठमाडौं, २ मंसिर । राष्ट्रियसभाको निर्वाचन माघ १२ गते हुने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले माघ १२ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।
राष्ट्रियसभाका २० सदस्यको कार्यकाल फागुन २० गते सकिँदैछ । उनीहरुमध्ये एक जना राष्ट्रपतिबाट मनोनित हुने हुन् भने १९ जना निर्वाचनबाट आउनेछन् । साथै राष्ट्रियसभा सदस्यको पदावधि सकिनु ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । त्यसअनुसार निर्वाचन आयोगले माघ १५ गतेभित्र निर्वाचन गर्न आग्रह गरेको थियो ।
सरकारले आयोगको प्रस्तावबमोजिम नै निर्वाचन मिति तोकेर तयारी अघि बढाउन आग्रह गरेको हो ।