ट्रमा सेन्टरका चिकित्सक कुट्ने प्रहरी हवल्दार गुरुङ निलम्बन

ट्रमा सेन्टरका चिकित्सक कुट्ने प्रहरी हवल्दार गुरुङ निलम्बन


काठमाडौँ ।

ट्रमा सेन्टरका चिकित्सकलाई कुटपिट गर्ने वरिष्ठ प्रहरी हवल्दार शम्भूजंग गुरुङलाई कारबाही गरिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार संसद् बैठकलाई सम्बोधन गरेर फर्किँदै गर्दा सडक खाली गर्ने क्रममा प्रहरीको लाठीचार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंह घाइते भएका थिए।

घटनामा संलग्न भएको भनिएका महानगरीय प्रहरी वृत्त जनसेवाका वरिष्ठ प्रहरी हवल्दार गुरुङलाई जिल्ला प्रहरी परिसर काठमाडौँले निलम्बन गरेको जनाएको छ।

राष्ट्रपतिको सवारीको क्रममा ट्रमा सेन्टरका चिकित्सक माथी भएको हातपातको बिरोधमा आज माइतीघर काठमाडौंमा बिरोध प्रदर्शन भएको छ ।