राष्ट्रपति भण्डारीको बिशेष सम्बोधन प्रधानमन्त्री दाहालले टेबुल गर्ने

राष्ट्रपति भण्डारीको बिशेष सम्बोधन प्रधानमन्त्री दाहालले टेबुल गर्ने


काठमाडौँ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टेबुल गर्ने भएका छन् । आज (शुक्रबार) अपरान्ह ३ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रपति भण्डारीले सम्बोधनलाई प्रधानमन्त्री प्रचण्डले टेबुल गर्ने भएका हुन्।

संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार राष्ट्रपतिले गर्ने बिशेष सम्बोधनको प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्ने र त्यसपछि संयुक्त बैठकले धन्यवादको प्रस्ताव पारित गर्ने जानकारी दिए। उनका अनुसार संसद सचिवालयले राष्ट्रपतिले भोली गर्ने बिशेष सम्बोधनको तयारी पुरासमेत गरेको छ।

नेपालको संविधानको धारा ९५ बमोजिम यही माघ २७ गते तीन बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेकी हुन । संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसदको कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ भन्ने व्यवस्था छ। सोही ब्यवस्था अनुसार राष्ट्रपति भण्डारीले आफनो दुई कार्यकाल सकिनु अघि बिशेष सम्वोधन गर्न लागेकी हुन ।

दुई कार्यकालसम्म राष्ट्रपति भएकी भण्डारीको आज हुने बिशेष सम्वोधनलाई ‘बिदाई सम्बोधन’को रुपमा हेरिएको छ । नेपालको संबिधानले एक ब्यक्ति दुई पटक भन्दा राष्ट्रपति हुन नसक्ने प्रावधान राखेको छ, जसका कारण पुनः निर्वाचिन भएर आउन भण्डारीलाई संविधानले रोकिदिएको छ, यो उनको अन्तिम कार्यकाल हो ।

उता, निर्वाचन आयोगले पनि मुलुकको तेस्रो राष्ट्रपतिका लागि आगमी २५ फागुनका लागि नयाँ निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । जसअनुसार नयाँ राष्ट्रपतिको निर्वाचनका लागि तयारी सुरु गरिसकेको निर्वाचन आयोगले जनाएको छ ।

दुई कार्यकालको जिम्मेवारी सम्माहालेकी राष्ट्रपति भण्डारीले शनिवार साँझका लागि रात्रिभोजको समेत आब्हान गरिसकेकी छिन । उक्त रात्रिभोजमा उपराष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालतका प्रधानन्यायधिस, मन्त्रीहरु, सुरक्षा निकायका तीनै प्रमुखहरू, मुख्यमन्त्री, सांसदहरु, संबैधानिक निकायका प्रमुख र उच्च अधिकारीहरु, कुटनीतिक नियोगका अधिकारीहरुलाई निम्तो गईसकेको छ ।

उनी नेपालको पहिलो महिला राष्ट्रपतिको रुपमा नाम दर्ज गरेर २५ फागुनवाट औपचारिक रुपमा बिदा हुदैँ छिन ।