रेशम चौधरीलाई भेट्न डिल्लीबजार कारागार पुगे एमाले नेता भट्ट

रेशम चौधरीलाई भेट्न डिल्लीबजार कारागार पुगे एमाले नेता भट्ट


काठमाडौँ ।

नेकपा एमालेका नेता लेखराज भट्ट रेशम चौधरीलाई भेट्न डिल्लीबजार कारागार पुगेका छन् । सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको नागरिक उन्मुक्तिलाई फकाउन भट्ट बिहीबार बिहानै चौधरीलाई भेट्न कारागार पुगेका हुन् ।

भट्टले कारागार पुगेर सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन आग्रह गरेका छन् । तर चौधरीले भने माग पुरा नभएसम्म समर्थन गर्न नसकिने जवाफ फर्काएको बताइएको छ ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता चौधरीले कुनै पनि हालतमा आफूहरूले आत्मसमर्पण नगर्ने बताएकी छन् ।