शेयर बजारमा सुधार, साढे ६९ अंकभन्दा धेरैले बढ्यो

शेयर बजारमा सुधार, साढे ६९ अंकभन्दा धेरैले बढ्यो


काठमाडौं, ३० कात्तिक । शेयर बजार परिसूचक नेप्सेमा सुधार आएको छ । नेप्से परिसूचक आज ६९ दशमलव २२ अंकले बढेर २ हजार ७ सय ८४ दशमलव ५८ बिन्दुमा पुगेको छ । आज बिमा, विकास बैंक, उत्पादन, हाइड्रो र माइक्रो फाइनान्स समूहको शेयर उच्च अंकले उकालो लागेको छ । २ सय २७ कम्पनीका १ करोड ९३ हजार २ सय २१ कित्ता शेयर ५ अर्ब ५२ करोड १६ लाख रुपैयाँमा कारोबार भएका छन् ।
सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको ३७ करोड २६ लाख रुपैयाँको शेयर किनबेच भयो । आज ६ वटा कम्पनीको शेयर १० प्रतिशतभन्दा धेरै बढेर सकरात्मक सर्किट लागेको छ भने सातवटा कम्पनीको शेयर नौ प्रतिशत भन्दा धेरै बढेको छ । समग्र बजार बढे पनि विजय लघुवित्त वित्तीय संस्थाको शेयर दुई प्रतिशत भन्दा धेरैले घटेको छ ।