सुदुरपश्चिम सरकारले २५ माघमा विश्वासको मत लिने

सुदुरपश्चिम सरकारले २५ माघमा विश्वासको मत लिने


काठमाडौँ ।

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले २५ माघमा विश्वासको मत लिने तयारी सुरु गरेका छन्।

नागरिक उन्मुक्ति पार्टीले पनि विश्वास मत दिने प्रतिवद्धता जनाएको भन्दै रावलले २५ माघमा विश्वासको मत लिन लागेका हुन। नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने पुर्ववत अडानवाट पछि हटेको मुख्य मन्त्री रावलले जानकारी दिएका छन।

यो सँगै विश्वासको मत लिने वा नलिने अन्यौल हटेको उनले सञ्चारकर्मीलाई जानकारी दिएका छन।