काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेपाली मिडियामाथि खनिएका छन्। आइतबार सरकारबाट बाहिरिने पार्टीले निर्णय लिएको जानकारी गराउँदै नेपाली मिडियाप्रति असन्तुष्टि जनाए ।
पत्रकारमाझ उनले आफूलाई खासगरी मिडियाले नै चारैतिरबाट प्रहार गरेको बताए। उनले भने, ‘मेरो अपराध के हो ? १२ भाइ सम्पादकले चौतर्फी प्रहार गरे’। आफूविरुद्ध बारम्बार ठुला ठुला हेडलाइन बनाएर समाचार बनाएको उनको आरोप छ। मिडियाले नै स्वार्थ बाँझिने कुरा गरेका तर आफूविरुद्ध भने सबै मिडिया खनिएको उनको दाबी छ।
‘अनलाइन, कान्तिपुरमा सही आएको छ ?,’ उनको आक्रोश थियो, ‘कन्फ्लिक्ट अफ इन्ट्रेष्ट के हो ? देश चलाउने हो भने मसँग चुनाव लड्न आउनुस् !’
मिडियाले गलत भूमिका खेलेको दाबी गर्दै उनले त्यसको विरोध गरे। उनले केही पत्रिका र अनलाइनको नाम लिँदै आफूविरुद्ध गलत समाचार लेखिएको खण्डमा घेर्न आउने बताएका छन्।
प्रतिक्रिया